राजनीति

ओलीको स्वास्थ्यमा समस्या, पूर्वनिर्धारित कार्यक्रममा सहभागी नहुने


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएको उनको नीजि सचिवालयले जनाएको छ ।

सचिवालयका रामशरण बजगाईंका अनुसार ओली अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएकै कारण ओलीले प्रेस चौतारीको कार्यक्रममा सहभागिता नजनाउने भएका छन् । सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।