देश

ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्को खपत बढाउनु पर्छ : मन्त्री भुसाल


काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् । उनले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्को खपत बढाउनुपर्ने बताएकी हुन् ।

बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितीमा पुगेको बताइन् ।

उनले केही सामुदायिक संस्थाका उपभोक्ताहरूले आफूलाई संस्थाबाट अलग बनाई नेपाल विद्युत् प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताइन् ।