समाचार

६ निर्माण कम्पनी परे कालोसूचीमा


काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायीहरुलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ का उपदफा (१) बमोजिम ती व्यवसायीहरुलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनहरुमा एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई परेका छन् । निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको अनुगमन कार्यालयले निकालेको सूचनामा उल्लेख गरेको छ ।

अब यी कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।