काठमाडौँ – बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजय व्यहोर्दै बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।
बार्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको छ । सन् २००३/४ मा पनि बार्सिलोना च्याम्पियन लिगको समूह चरणबाटै बाहिरिएको थियो । बायर्नको घरेलु मैदानमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले १–१ गोल गरेका थिए । यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जितसहित समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको छ ।
बायर्नले ६ खेलबाट १८ अंक जोडेको छ भने पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाले समूह चरणमा दुई जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ । यसअघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पनि बायर्नसँग समान ३–० हार व्यहोरेको थियो ।
प्रतिक्रिया