काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार पनि नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक भारी अंकले घटेको छ ।
बुधवार नेप्से ५३ दशमलव १० अंकले घटेर २ हजार ४५५ दशमलव ८० विन्दुमा झरेको छ । त्यस्तै, २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज २२६ कम्पनीको ६५ लाख ६० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार, विकास बैंक र फाइनान्स समूह घटेको छ । बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया