समाचार

ओमिक्रोनविरुद्ध पनि हालको खोपले काम गर्ने विश्व स्वास्थ्य संगठनको भनाई


काठमाडौँ – कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने संगठनका अधिकारीहरूले बताएका छन् ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि विश्व स्वास्थ्य संगठनले यस्तो बताएको हो । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको बताएका छन् । तर, स्वास्थ्य संगठनका डा. माइक रायनले अहिलेसम्मका तथ्यहरूमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताए ।