काठमाडौँ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखा परेको छ । दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनीसँग सम्पर्कमा आएका अर्का एक जना गरी दुई जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको म्युटेशसन भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । २४ नोभेम्बर २०२१ मा पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन नेपालमा अफ्रिकाबाट आएका एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का एकजनामा देखा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । संक्रमित दुवै जनामा अहिले कुनै लक्षण नभएको र स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा छन । सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको छ ।
जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डहरुमा केन्द्रित भएको र आवश्यक अस्पताल, शैय्या र भेन्टिलेटर आदिको व्यवस्था गरेको बताए । अरु भेरिएन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरुको ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) सबै मापदण्डको पालना गर्दै र खोप अभियानमा सहभागि हुन आह्वान गरेको छ ।
ओमिक्रोन भाइरसको संक्रमण र मृत्युदर दुवै बढी खतरनाक भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ । कतिपय मुलुकले संकटकाल नै जारी गरिसकेका छन् । त्यसकारण सरकारले तुरुन्तै सीमा नाकामा कडाई गर्नुपर्नेमा विज्ञहरुको जोड छ । छिमेकी मुलुक भारतको दिल्ली राजस्थान, महाराष्ट्र, गुजरात, कर्नाटक लगायतका क्षेत्रमा गरी २१ जना बढी संक्रमित देखा परिसकेको छ ।
खुला सीमानाका कारण भारतमा संक्रमित बढ्दा नेपाल पनि उत्तिकै जोमिखमा पर्दछ । त्यसैले सीमा नाका प्रवेश साथै मुलुक प्रवेश गर्ने मुख्य स्थानमा कडिकडाउ बढाउन जरुरी छ । ओमिक्रोन भेरियन्ट विश्वका ४० भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर हालसम्म ५ सय ७४ जना संक्रमित देखिएका छन् । ओमिक्रोन भाइरसको संक्रमण कम गर्दै संक्रमण नियन्त्रण गर्न सबै जिम्मेवार बन्नेकी ?
प्रतिक्रिया