कोरोना विशेष

नेपालमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित, मंसिर ३ मै नेपाल भित्रिएको पुष्टि


काठमाडौँ – नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।