Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश–१

प्रदेश १ को मतगणना : गुरु घिमिरेको सुरुवाती अग्रता


काठमाडौँ — नेपाली काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको मतदानमा सभापतिका उम्मेदवार गुरु घिमिरेले अग्रता लिएका छन् । २ सय मत गणना हुँदा घिमिरेले १ सय ८ मतसहित अग्रता लिएका हुन् ।

प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार बेलुका सवा ५ बजेसम्म २ सय मत गणना गर्दा संस्थापन इतर पक्षका उम्मेदवार घिमिरेले १ सय ८ पाएका छन् । संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले ८३ मत पाएका छन् ।

दुई सय मत गणना हुँदा उपसभापतिमा टंक राईले ९७ मतसहित अग्रता बनाएका छन्। रमेशजङ रायमाझीले ८७, गोविन्द ढुंगानाले ८५ र विश्वनाथ रिजालले ८२ मत पाएका छन् ।

यस्तै महामन्त्रीका उम्मेदवार उमेश थापाले ९६ मत र दिपेनकुमार श्रेष्ठले ८९, भुपेन्द्र राईले ८८ र पदम सुन्दर पालुङवाले ८४ मत पाएका छन् ।

सहमहामन्त्री महिलातर्फ सीता कार्कीले ९७ र प्रमिला गच्छदारले ८७ मत पाएका छन् । सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो १ सय १९ मत, विरकाजी राई ८४, विनोदकुमार बस्नेत ८२, रोहितकुमार साह ७१ र शुभचन्द्र राईले ७ मत पाएका छन् ।