बिजनेस

सुन तोलामा सात सयले वृद्धि


काठमाडौँ – साताको पहिलो दिन आज नेपाली बजारमा सुन सात सयले वृद्धि भएको छ । वृद्धि भएको मूल्यसँगै छापावाल सुन प्रतितोला ९२ हजार तोकिएको छ ।

शुक्रबार सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० तोकिएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँ ले बढेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।