खेलकुद

आज ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी क्लब भिड्ने, दुबै टोली तीन अंक जोड्ने योजनामा


काठमाडाैँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने ५ बजे खेल सुरु हुने छ ।

आज दुबै टोली तीन अंक जोड्ने योजनामा हुने छन् । बलियो टोली आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा ब्रिगेडले एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा आर्मी विजयी हुन सकेको छैन् ।