विदेश

रुसलाई युक्रेनको सीमा ननाघ्न बाइडेनको चेतावनी


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनको सीमा रेखा ननाघ्न चेतावनी दिएका छन् ।
रुसले सीमा रेखा नाघे आफूहरूले सहन नसक्ने र छिमेकीमाथि गरिएको हमलाले रुसलाई अप्ठेरोमा पार्ने भन्दै बाइडेनले यस्तो चेतावनी दिएका हुन् । रुसले युक्रेनमा हमलाको तयारी गरिरहेको शंकाका बीच बाइडेनको यस्तो चेतावनी आएको हो ।