विदेश

श्रीलंकामा पनि भेटियो ओमिक्रोन भाइरस


काठमाडौँ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सार्कको अर्को मुलुक श्रीलंकामा पनि भेटिएको छ । श्रीलंकास्थित स्वास्थ्य मन्त्रालयले यो कुराको पुष्टि गरेको हो ।
अफ्रिकी मुलुक नाइजेरियाबाट केही दिनअघि श्रीलंका आएका एकजना व्यक्तिमा सो भाइरस भेटिएपछि उनलाई क्वारेन्टिनमा राखिएको छ । ती नाइजेरि नागरिकको स्वास्थ्यावस्था भने सामान्य नै भएको जनाएको छ ।

अमेरिकाको न्युयोर्क सहरमा पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एकजना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो ।