राजनीति

राप्रपाको भाइ विवेकशील साझा, जुट र फुटको नाटकले वैकल्पिक शक्तिको हैसियत देखायो


काठमाडौँ – स्थापनाको छोटो समयमै फुट र जुटको अभ्यासमा केन्द्रीत बनिरहेको विवेकशील साझा पार्टीले पुनः एकीकरण गरेको छ । पार्टीभित्रको मिलन पाण्डे समुहअसन्तुष्ट बनेर फरक पार्टीकै अभ्यासमा रहेका बेला मिश्रले थप दुईपार्टीसँग एकता गरेका छन् । वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्ने विवेकशील साझाले दोस्रोपटकको विभाजनपछि २४ मंसिर २०७७ मा पुनः पार्टी एकिकरण गरेको थियो ।

किनकि त्योभन्दा पहिले २०७४ को निर्वाचन अघिनै एकिकरण भएर चुनावमा होमिएका विवेकशिल नेपाली दल र साझा पार्टीको एकता त्यसको एक बर्षपछि पहिलोपटक पुस २०७५ मै टुटेको थियो । गतबर्षको मंसिरमा फेरि उनीहरुले दोस्रोपटक एकता गरे । एकिकरणको कागजमा सहीछाप लगाउँदै संयोजकद्धय रबीन्द्र मिश्र र मिलन पाण्डेले पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प नै बनाउने वाचासमेत गरे ।

वैकल्पिकमात्रै नभएर निर्विकल्प र त्यसमा पनि आफुलाई उन्नत पार्टीका रुपमा परिभाषित गरेको एकबर्ष पनि पुग्न नपाउँदै उनीहरु फेरि छुट्टिएका छन् । मिश्रले ल्याएको दस्तावेजमा पाण्डेको चित्त दुखाई भएपछि उनीहरु पुनः विभाजित भएका हुन् । तर एकता भने रोकिएको छैन । शनिबार उस्तै खाले एकताविवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच भएको छ ।

पार्टीभित्रको मिलन पाण्डे समुह असन्तुष्ट बनेर फरक पार्टीकै जस्तो शक्ति संघर्षमा रहेका बेला मिश्रले अन्य दुईपार्टी थपेर पुनः विवेकशील साझा पार्टी बनाएका छन् । र आफुलाई पत्याईदिन आग्रहसमेत गरेका छन् । मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझाको पाण्डे समुहले असन्तुष्टि जनाएको थियो । तर मिश्रले त्यसलाई बहुमतकै आधारले पार्टीमा लादीदिए ।

काँग्रेस र एमाले जस्तो पार्टी बन्न छुट छैन भन्दै वैकल्पिक बन्न खोजिरहेका उनीहरु भाइ राप्रपाकै हैसियतमा पुगेर संघीयता खारेजी र हिन्दु राष्ट्रको राप्रपा मुद्दा उचालिरहेका छन् । यसलाई दरबारीया पार्टीका रुपमा समेत विश्लेषण गरिरहेका छन् । यद्यपी खान पुगोस्, दिन पुगोस् हुँदै विचारभन्दा माथि देशसम्म आइपुग्दा परिवर्तन भइरहने विचारधाराले विवेकशीललाई विवेकशून्य बनाउने चिन्ता पनि भइरहेका छन् ।