विदेश

इच्छाराजसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर


काठमाडौँ — सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो ।

सिभिल वचत तथा ऋण सहकारी संस्थामा पैसा वचत गरेकाहरुले आफ्नो रकम फिर्ता नपाएको भन्दै तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी गरेका थिए ।

त्यस आधारमा प्रहरीले तामाङविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख गंगाप्रसाद पौडेलले तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अनुसार ठगी र संगठित अपराध मुद्दा दायर गरेको बताए ।

उनका अनुसार ४२ जना विरुद्ध मुद्दा दायर भएपनि १२ जनामात्रै पक्राउ परेका छन् ।