राजनीति

प्रदेश नेतृत्वका लागि सातै प्रदेशमा मनोनयन दर्ता


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदाता नामावली प्रकाशन भइसकेको छ ।

आज उम्मेदवारले मनोनयन दर्ता गर्ने र भोलि मतदान गर्ने कार्यक्रम रहेको छ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् । मुलुक संघीयतामा गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।