देश

वागमतीको न्युनतम साझा कार्यक्रम सार्वजनिक


काठमाडौँ – वागमती प्रदेशले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको हो ।
कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रममा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु, संघीयताको कार्यान्वयनका लागि सशक्त पहल गर्ने, संविधानले तोकेको क्षेत्रात्रिकार बमोजिम प्रदेशको अधिकार उपयोग गर्ने र स्थानीय तहको हस्तान्तरण गर्ने विषय पनि साझा कार्यक्रममा समेटिएको छ ।