देश

देशमा माओवादीको विकल्प छैन : प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयास भएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताउनु भयो ।

प्रचण्डले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गर्नुभयो । उहाँले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताउनु भयो । बैठकले राष्ट्रिय सम्मेलन निर्धारित मिति पुष ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने निर्णय गरेको छ ।