राजनीति

ओली सरकारमा आलोचित मन्त्री आले देउवा सरकारमा बने ‘हाई हाई’(भिडियोसहित)


काठमाडौँ — त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म निःशुल्क यातायात सेवा सुरु भएको छ । आन्तरिक टर्मिनलसम्म जाने र फर्किने यात्रुहरूले लामो सडकमा लगेज गुडाउँदै घाम पानीमा हिँड्नुपर्ने बाध्यता हटाउन लागि यातायातको व्यवस्था गरिएको हो । यस कामबाट यात्रुको मुल गेटसम्मको यात्रा सहज भएको छ ।

ओली सरकारमा वनमन्त्री हुदाँ आलोचित बनेका प्रेम आले देउवा सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि लोकप्रिय बनेका छन् । उनको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि आन्तरिक टर्मिनलसम्म ’सटल बस’सञ्चालन गरिएको छ । विमानस्थलमा यात्रुहरूलाई ट्याक्सी चालकले दुःख दिएको तथा मनोमानी रूपमा भाडा लिएको गुनासो बढेपछिमनत्री आलेको पहलमा अहिले निशुल्क सटल बसको सेवा सुरु गरिएको हो ।

विमानस्थलमा भएका तीनमध्ये दुई वटा बसबाट यात्रुलाई निशुल्क सेवा दिन थलिएको छ । ट्याक्सी चढ्न नसक्ने र निजी गाडी नभएका यात्रुहरूका लागि तत्काल दुई वटा माइक्रोबसबाट सेवा सुरु गरिएको विमानस्थलले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।आन्तरिक टर्मिनलमा रहेको टयाक्सीमध्ये अधिकांश मिटरमा जान मान्दैनन् । कतिपय ट्याक्सीहरुले त सामान्य व्यक्तिहरुलाई ठगेका छन् ।यसरी निशुल्क बसको व्यवस्था भएपछि यात्रुहरु उत्साहित देखिएका छन् ।

यता बस चालक पनि यसरी यात्रुहरुको सेवा गर्न पाउदा आफुहरु पनि खुसि भएको बताउछन् । सुरुको दिन नै २ सय भन्दा बढि यात्रुहरुलाई सुविधा दिएको उनीहरु बताउछन् । यसअघि यात्रुलाई ट्याक्सी चालकहरुले ठग्ने गरेको गुनासो आउने गरेको थियो । अब भनेविमानस्थलबाट आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म सटल बसमा निःशुल्क यात्रा गर्न पाउनेछन् ।