राजनीति

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलन काठमाडौँको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको बिहीबारको बैठकले पुस ११ देखि १३ गतेसम्म आयोजना हुने राष्ट्रिय सम्मेलन काठमाडौँको प्रज्ञा भवनमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने उनले जानकारी दिए ।

बैठकमा पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको उनले बताए । केही पालिकामा स्थगित भएको सम्मेलन शुक्रबारसम्ममा सकिने उनले बताए । माओवादी स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।