राजनीति

बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तह सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्छ : राष्ट्रपति भण्डारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तह सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ । विहीबार लुम्बिनीमा आयोजीत कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण र सम्बद्र्धनमा अग्रसर हुनुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले लुम्बिनी विकास गुरुयोजना चाडैँ कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभयो ।