कोरोना विशेष

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका दुई संक्रमित फेला, नेपालमा समेत त्रास बढ्यो


काठमाडौँ – छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका दुई संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् ।

६६ र ४६ वर्षीय ती पुरुषहरुमा यतिबेला कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ । अहिलेसम्म उनीहरुमा कुनै गम्भीर लक्षणहरू भने देखा परेका छैनन् । योसँगै खुला सिमाना रहेको नेपालमा समेत ओमिक्रोनको त्रास बढेको छ ।