कोरोना विशेष

२४ घण्टामा ३१५ मा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । २०१ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ४९५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् । जसमध्ये ६ हजार ७१५ जना होम आइसोलेसनमा रहेका छन् भने ३३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।