राजनीति

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल पक्षको नाराबाजी


काठमाडौँ — नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नाराबाजी भएको छ । उद्घाटन सत्रको कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुलाई मात्र बोल्न दिएको भन्दै रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

कार्यक्रममा पौडेल पक्षका नेताहरुलाई वक्ता नराखिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी र विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु गोपालमान श्रेष्ठलगायतका देउवा पक्षका नेताहरु सहभागी छन् ।

पौडेल पक्षका कार्यकर्ताले प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी शुल्कमाथि पनि प्रश्न उठाएका छन् । सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएकामा पनि पौडेल पक्षका नेता कार्यकर्ताले विरोध जनाएका छन् ।