राजनीति

संस्थापनइतर समूहबाट प्रदेश १ सभापतिमा घिमिरे साझा उम्मेदवार


काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।

देउवा सिटौला गठबन्धनबाट झापा कांग्रेसका पूर्व सभापति सिटौला निकट उद्धव थापा प्रदेश सभापतिको प्रत्याशी बनेका छन् ।