राजनीति

महामन्त्रीमा उम्मेदवारी दिने रेखा थापाको घोषणा


काठमाडौँ — नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।

थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ । राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ ।