विदेश

नाइजेरियामा डुंगा पल्टिँदा २९ जनाको मृत्यु


काठमाडौँ – नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुंगा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको छ । घटनामा सात जनाको भने जवितै उद्धार गरिएको छ ।
धार्मिक कार्यक्रममा सहभागी हुन गईरहेका मानिसहरु सवार रहेको डुंगाा नदी पार गर्ने क्रममा पल्टिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । मृत्यू हुनेहरुमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना भएको जनाइएको छ ।