देश

त्रिविका करार शिक्षकलाई स्थायी गर्न लागेको भन्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत प्राध्यापक र कर्मचारीहरुलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउने तयारी भएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ती जनाएको छ । त्रिविको सो निर्णयमा आपत्ति जनाउँदै अनेरास्ववियुले उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको छ ।

यस्तो कदमले विश्वविद्यालयको जनविश्शवास गुम्दै गएको भन्दै अनेरास्ववियु आपत्ति जनाएको हो । अनेरास्ववियुले नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत सो निर्णय गरेको भन्दै घोर भत्र्सना गरेको छ । यही मङ्सिर १४ गते बसेको त्रिविसभाको बैठकले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई स्थायी गर्ने निर्णय गरेको थियो । सो निर्णय खारेज नहुञ्जेलसम्म तालाबन्दी नखोल्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।