राजनीति

बिदामा बसेर कार्यबाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव


काठमाडौँ – बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको शीर्ष नेताहरूको बैठक सकिएको छ । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिइएको छ ।

पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि सर्वोच्च अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवहाक प्रधानन्यायाधीश तोकेर अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पतालमा उपचाररत छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।