राजनीति

संसद्को गतिरोध र न्यायालयको समस्या समाधानको उपाय खोज्ने


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किनुभएका सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा समस्याको समाधान खोजिने बताउनुभएको हो ।

सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा सापकोटाले सर्वदलीय बैठक र अरु बैठक गरेर उपाय खोज्ने बताउनुभयो ।