राजनीति

गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान छलफल भएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।