राजनीति

राष्ट्रपति रुपन्देही र कपिलवस्तुका कार्यक्रममा सहभागी हुँदै


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ । राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आज आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उदघाटन गर्ने कार्यक्रम तय भएको छ । स्थापना दिवसका अवसरमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डाक्टर तिलकराम आचार्यले जानकारी दिनुभयो ।