राजनीति

कांग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरु


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकैसाथ सातै प्रदेश महाधिवेशन उद्घाटन गर्ने तय गरिएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश अधिवेशनको उदघाटन आज भए पनि निर्वाचन कार्यतालिका भने शुक्रबार मात्रै सुरु हुनेछ । प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश २ को जनकपुरमा, बागमतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको अधिवेशन धनगढीमा हुनेछ । प्रदेश नेतृत्वका लागि संस्थापन पक्ष र इतरपक्षले रणनीतिक तयारी गरेका छन् ।