मौसम

पाँच प्रदेशमा वर्षासहित भारी हिमपातको सम्भावना


काठमाडौँ – आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् ।

त्यस्ते विभागले जनाए अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम बदलीका कारण पर्वतारोहण, हवाई–यातायत लगायत दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।