राजनीति

रावलको दाबी : पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरे


काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउँन आफूले प्रयास गरेको दाबी गरेका छन् ।

१०‍औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गरेको उनले जिकिर गरेका हुन् ।

त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्टोक्ति छ । आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई रावलले धन्यवाद दिएका छन् ।