राजनीति

कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री यादव


काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पु¥याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी समेत गर्नु भयो ।

उहाँले मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पु¥याउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गर्नु भयो । मन्त्री यादवले कृषि क्षेत्रनै मुलुकको समृद्धिको आधार भएको भन्दै यसको विकासका लागि युवाहरुलाई आकर्षित गर्न सरकार विभिन्न कार्यक्रम अगाडि बढाउन लागि परेको बताउनु भयो ।