काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन भरेका मध्ये ७ जनाको अन्तर्वार्ता लिने भएको छ । क्यानको पाँच सदस्सीय छनौट समितिले अन्तिम चरणमा ७ प्रशिक्षकको अन्तर्वार्ता लिन लागेको हो । क्यानले कार्यवाहक सचिव मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय समिति गठन गरेको थियो ।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले आवेदन दिएका थिए । क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
प्रतिक्रिया