काठमाडौँ – सरकारले अत्यावश्यक काम नपरी विदेश भ्रमणमा नजान अनुरोध गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको कोरोनाको अर्को खतरनाक ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।
विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ । ओमिक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ ।
त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयले अपील गरेको छ ।
प्रतिक्रिया