प्रवास

भारतको राजधानी नयाँ दिल्लीमा विगत ६ वर्षयताकै उच्च प्रदूषण


काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा विगत ६ वर्षयताकै उच्च प्रदूषण भएको छ । दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक खराब रहेको तथ्यांले देखाएको छ । विज्ञहरूले भने नजिकका दिपावालीका कारण नोभेम्बरमा वायु प्रदूषण उच्च भएको बताएका छन् । भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो ।

नासाको भूउपग्रह तथ्यांकले पन्जाब, हरियाणा र उत्तर प्रदेशमा अक्टोबर १ देखि नोभेम्बर २८ सम्म ९०,९८४ स्थानमा परालमा आगो लगाइएको देखाउँछ । काउन्सिल अफ इनर्जी, एन्भार्नमेन्ट एन्ड वाटरका अनुसार यो विगत पाँच वर्षको तुलनामा उच्च संख्या रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिपावालीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो । प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित लगाएपनि यसलाई कडाइका साथ लागु गरिएको छैन ।