राजनीति

प्रधानमन्त्री देउवाले भने : नेपालमा जति पार्टी कम भए त्यति राम्रो


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन् ।

राप्रपाको बुधबार सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, ‘एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।’

देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको बताए । एमालेको महाधिवेशन भर्खरै सकिएको र कांग्रेसको महाधिवेशन आउँदै गरेको उल्लेख गर्दै देउवाले भने, ‘सबै राजनीतिक दल महाधिवेशन गरिरहेका छन्, अहिले पार्टी महाधिवेशनको मेलाजस्तो छ ।’