देश

काँग्रेसले शक्ति केन्द्रीत राजनीतिलाई जोड दिन थालेको प्रकाशमानको आरोप


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताउनुभएको हो ।

आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालको उहाँले बताउनुभयो । पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उहाँले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु अहिलको आवश्यकता रहेको उहाँको भनाई छ ।