काठमाडौँ – आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने विभागले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने अनुमान गरिएको छ । सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना रहेको छ । वर्षा र हिमपातसँगै भोलिदेखि तापक्रम घटेर चिसो बढ्न सक्ने सम्भावना रहेको छ । मौसम बदलीका कारण पर्वतारोहण, हवाई–यातायत लगायत दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।
प्रतिक्रिया