राजनीति

आजदेखि राप्रपाको एकता महाधिवेशन, कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

पशुपति शमशेर राण, कमल थापा र डाक्टर प्रकाशचन्द्र लोहनीको पार्टी मिलेर राप्रपा बनेपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । राप्रपाले एकता महाधिवेशन भनेको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।

राप्रपा अध्यक्षद्वय राणा र लोहनी भने नेतृत्वको होडबाट बाहिरिनुभएको छ । महाधिवेशन आगामी शुक्रबारसम्म चल्ने छ ।