राजनीति

एमालेमा ३२ वर्षीया ईश्वरी जीएम बनिन् केन्द्रीय सदस्य


काठमाडौँ — नेकपा एमालेमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन् । चितवनको सौराहमा मंगलबार सकिएको १०औँ महाधिवेशनबाट जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकी थिइन् । प्रेस चौतारी रोल्पा शाखाको प्रमुख समेत भइसकेकी उनी एमालेको रोल्पा जिल्ला कमिटीमा बसेर समेत काम गरेकी थिइन् ।