राजनीति

भीम आचार्य र टंक कार्की सचिवमा पराजित


काठमाडौँ — नेकपा एमालेमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

अध्यक्षमा ओलीसँग भीम रावल पराजित भएका छन् भने घनश्याम भुसाल पनि ६ जना उपाध्यक्षमा पर्न सकेनन् । यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।