राजनीति

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी र बादल अगाडि


काठमाडौँ — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको सुरुवाती परिणाम आइरहेको छ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले अग्रता बनाइरहेकी छन् ।

माओवादीबाट आएका नेता रामबहादुर थापा बादलले पनि राम्रो सुरुवात गरेका छन् । तर ओलीको सूचीमा नपरेका नेता घनश्याम भुसालको अवस्था कमजोर देखिएको छ ।

बादलले ४९० मत कटाउँदा भुसालले ६१ मत मात्रै ल्याउन सकेको मतगणनास्थलमा रहेका एक एमाले नेताले जानकारी दिएका छन् । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।