राजनीति

एमालेको मतदान सकियो, दिउँसो २ बजेभित्र परिणाम


काठमाडौँ — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान पूरा भएको छ ।

एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे सुरु भएको विद्युतीय मतदान केही बेरअघि सकिएको हो ।

एमाले १०औँ महाधिवेशनको ​केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल २ हजार ८१ मत खसेको छ । ​आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ‘परिणाम घोषणा गर्न धेरै समय नलागने जनाएको छ । उने भने डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं । सबै बुथको मत जोड्छौं । अनि परिणाम घोषणा गर्छौं । अधिकतम लागे (दिउँसो) २ बजेसम्म घोषणा भइसक्छ ।’​