राजनीति

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुल कलाम निर्वाचित



काठमाडौँ – नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा संस्थापन इतर समूहका अब्दुल कलाम निर्वाचित भएका हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी हुनुभएको हो । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गर्नुभएको थियो ।

जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो । यस्तै दुई उपसभापति पदमा रजतराज आचार्य हुमकान्त खनाल तथा दुई सचिवमा शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी हुनुभएको छ।

जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ । जिल्लामा प्रभावशाली मानिएका दीपकुमार उपाध्याय, बृजेस गुप्ता, वीरेन्द्र कनौडियालगायतका नेताहरू देउवा समूहमा लागे पनि नेतृत्वमा भने पौडेल समूहले बाजी मारेको छ ।