काठमाडौँ –नेकपा एमालेको दशौं महाधिवेशन सौराहामा जारी छ । मतदान जारी रहदा मतदानस्थल सौराहामा नयाँ नयाँ फण्डा देखिएको छ । मंसिर १२ गते नै मतदान गर्नुपर्नेमा दुई दिन पछाडि धकेलियो । सहमतिको नाममा काखापाखा छुट्टाइयो ।
केपी शर्मा ओलीले सहमति गर्ने भन्दै तयार पारेको लिष्टमा डा.भीमबहादुर रावल र घनश्याम भुषालको नाम नै छुटाइयो । तर मंगलबार बिहान भने पार्टीलाई थप भड्खालोमा पार्ने गरी नयाँ पर्चा बाँडिएको पाइयो । मतदान भइरहेका बेलामा बाँडिएको उक्त पर्चामा अध्यक्षका प्रत्यासी रावललगायतका उम्मेदवारलाई भोट नहाल्न भनिएको छ ।
पहिले रावलले चुनावी प्रचार गर्दा उनका कार्यकर्तालाई स्वयंसेवकहरुले बन्द सत्रको परिसरबाट बाहिर निकालेका थिए । अहिले भने खुलेआम पर्चा बाँडिएको हो । अध्यक्षमा रावललाई मात्रै नभई भोट नहाल्ने लिष्टमा उपाध्इक्षमा उम्मेदवार दिएका भुषाल, सचिवमा उम्मेदवारी दिएका टंक कार्की र भीम आचार्यको समेत नाम रहेको छ ।
माओवादीबाट एमालेमा आएका नेताहरुलाई पनि भोट नहाल्न पर्चा बाँडिएको छ । त्यस्तै पर्चामा माधवकुमार नेपालको साथ छाडेर एमालेमा रहेकाहरु अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईहरुकोसमेत नाम छ ।
प्रतिक्रिया