राजनीति

राप्रपा अध्यक्षमा डा. प्रकाशचन्द्र लोहनीको समर्थन लिङ्देनलाई


काठमाडौँ – राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताएका हुन् । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्‍याउन नहुने भन्दै नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने बताए । डा. लोहनीले लिङ्देनलाई समर्थनको घोषणा गर्ने कार्यक्रम मंगलबार राखिएको छ ।